देशभर २१११ संक्रमित थपिए, ३५३७ जना कोरोनामुक्त




काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १२०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३५३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।