के छ त्यस्तो सानिमा लाइफको आईपीओमा, जसमा पर्यो एक घन्टामै मागभन्दा धेरै आवेदन ?



काठमाडौं । सानिमा लाइफले निष्काशन गरेको प्राथमिक शेयर एक घण्टामै बिक्री भएको छ ।

कम्पनीले आजदेखि सर्वसाधारण समुहको ६० लाख कित्ता आइपिओ निष्काशन गरेको छ । विहान १० वजेदेखि बिक्री खुला गरेकोमा ११ बजेसम्ममा माग भन्दा बढिको लागि आवेदन परेको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । मध्यान्ह २ बजेर ३३ मिनेट सम्मको तथ्यांक अनुसार ५ लाख ५४ हजार ५८७ जना आवेदकबाट ९१ लाख ८६ हजार ३८० कित्ताको लागि आबेदन परेको छ।

कम्पनीले सर्वसाधारण समुह तर्फको ६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ र बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ । सर्वसाधारणले न्युनतम १० कितादेखि अधिकतम ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन भएको एक घण्टामै ओभर सब्सक्राइभ भएकाले आवेदन दिन बाँकी सर्वसाधारणले १० कित्ताको लागि मात्रै आवेदन दिए पुग्छ । कम्पनीले साउन २४ गतेसम्म बिक्री खुला गर्नेछ । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।