गण्डकीमा बढ्यो कोरोना, देशभर थप ३८४० जनामा संक्रमण पुष्टी

पछिल्लो २४ घन्टामा १९९३ कोरोनामुक्त, ३३ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा गरिएको परिक्षणमा हरेक तीन जनामा दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा गरिएको जम्मा नमुनामध्ये ६२ प्रतिशतमा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ८ सय ५ जनाको कोरोना परिक्षण गरिएकोमा ३ हजार ८४० जनामा कोरोना पुष्टी भएको हो । हालसम्म नेपालमा ७ लाख ४६ हजार ६ सय ५७ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घन्टामा १९९३ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३३ जनाको संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ९ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । परिक्षणसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको मन्त्रालयले जनाउँदै सबैले सचेत भएर संक्रमणबाट जोगिनका लागि अनुरोध समेत गरेको छ ।