नर्वेमा दुर्लभ उल्कापातः रातमै भयो छ्याङ्गै उज्यालो



ओस्लो – असामान्य रुपमा ठूलो उल्कापात हुँदा नर्वेमा राति अचानक उज्यालो भएको छ । राजधानी ओस्लोबाट सो उल्कापात मज्जाले देखिएको थियो । यो उल्कापातलाई दुर्लभ र विरलै हुने घटनाको रुपमा व्याख्या गरिएको छ ।

नर्वेको उल्कापातसम्बन्धी नेटवर्कका प्रवक्ता स्टेनर मिड्सकोगेनले राति १ बजेको समयमा उल्कापात भएको र त्यहाँ राति नै केहीबेर दिउँसो भएको बताए । सो उल्कापात आस्लोदेखि १५ माइल पर खसेको बताइएको छ ।

हाल त्यसलाई खोज्नको लागि विशेष टोली खटाइएको बताइएको छ । मिड्सकोगेनका अनुसार सो उल्का केही सय किलोको हुने अनुमान गरिएको छ । त्यो प्रतिसेकेण्ड १५ किलोमिटरको गतिमा खसेको थियो । सीएनएन