क्यानडामा सोमबारयता ६० बढिको मृत्युु



काठमाडाैं – क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेकोे छ । तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता मृत्यु हुनेको सङ्ख्या ६० नाघेको जनाएको छ ।

मृत्यु हुनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै रहेका छन् । ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ । ग्लोब र मेल पत्रिकाका अनुसार लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ ।

बढ्दो तापक्रमबारे क्यानडाको वातावरण सम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भू-भागलाई पनि सचेत रहन भनिएको छ ।