दक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु



सियोल – दक्षिण कोरियामा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । दक्षिणी शहर ग्वांगजूमा रहेको पाँच तले भवन भत्किँदा आठ जना घाइते भएको बीबीसीले जनाएको छ ।

भग्नावशेषमा अन्य केही हराइरहेको त्यहाँको सरकारले जनाएको छ । भवन भत्किनुको कारण भने नखुलेको अधिकारीहरुले जनाएका छन् ।

भवन नजिकै काम गरिरहेका मजुदर भने सकुसल रहेको बताइएको छ । सो भवन नजिकै पैदल यात्रा गरिरहेका केही सर्वसाधारण हराएको हुन सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । सन् १९९५ मा दक्षिण कोरियाको सियोलमा एक डिपार्टमेन्ट स्टोर क्षतिग्रस्त हुँदा कम्तिमा पाँच सय जनाको मृत्यु भएको थियो ।