तीन हजार बिन्दुमा पुगेकाे नेप्से दोहोरो अंकले ओरालो लागेपछि…



काठमाडौं – साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

बुधवारको बजार ३००५.६२ विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंक घटेर ५२५.२८ विन्दुमा पुगेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक यो दिन सर्वाधिक ३.९८ प्रतिशतले बढेको हो ।

त्यस्तै वित्त समूहको २.०४ प्रतिशत, व्यापारिक समूहको १.९२ प्रतिशत, निर्जीवन बीमाको ०.२६ प्रतिशत, जीवन बीमाको ०.१५ प्रतिशत र म्युचुअल फण्डको ०.०३ प्रतिशत परिसूचक बढेको हो ।

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८७ करोड ९४ लाख बराबरको शेयर कारोबार भएको छ ।