खुशीको खबरः नेपालमा ९८४१ कोरोनामुक्त, ६९५१ थप संक्रमित, ९६ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना निको हुनेको संख्या १० हजार नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालहरुबाट ९ हजार ८ सय ४१ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोग शालामा गरिएका परिक्षणबाट ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार १९ हजार ३ सय १३ पीसीआर विधिबाट परिक्षण गरिएकोमा ६ हजार ८ सय ५५ जनामा पोजेटिभ देखिएको छ भने ७ सय ९७ जनाको एन्टीजेन परिक्षणमा ९६ जनामा कोरोना पुष्टी भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।