जेठ ५ सम्मका लागि देशभरका ४६ जिल्लामा निषेधाज्ञा

काठमाडौं । गृह मन्त्रालयले जेठ ५ गतेसम्मका लागि ४६ जिल्लामा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाउन मन्त्रालयले निर्देशन दिएको हो ।

काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुईसय जना संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय भएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यही वैशाख १६ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *