उपत्यकामा भयावह बन्दै कोरोना, एकैदिन करिब १५ सयमा संक्रमण



काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्न थालेको छ । त्यसैमाथि काठमाडौं उपत्यका पनि हटस्पट नै बनेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा मात्र करिब १५ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।