कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउनेले चन्द्रागिरी केवलकारमा बिशेष छुट पाउने

काठमाडौं – कोरोना विरुद्ध दोस्रो चरणको खोप लगाउनले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

हाल वश्वव्यापी रूपमा फैलिएरहेको कोरोना भाईरस विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भईरहेको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले खोप लगाइसकेका आगन्तुकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

उक्त सुविधा पाउनका लागि आगन्तुकले खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने हुन्छ । साथै यो योजना वैशाख ९ गतेबाट लागु भर्ई जेठ १७ गते सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *