कोइलाखानीमा फसेका कामदारकाे उद्धारकार्य जारी, ८ जनाकाे सकुशल उद्धार



बेइजिङ – चीनको सिन्जियाङ्गस्थित एक कोइलाखानीमा बाढी पस्दा २१ जना कामदार फसेका छन् ।

चीनको उत्तर–पश्चिमस्थित सिन्जियाङको हुतुवी काउन्टीको कोइलाखानीमा कार्यरत कामदारहरु फसेका हुन् । त्यहाँ उद्धारकार्य जारी छ ।

आठ जनालाई सकुशल उद्धार गरिएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ । कोइलाखानीभित्र २९ जना थिए ।

चीनका कोइलाखानी विश्वकै जोखिमयुक्त मानिन्छन् । गत जनवरीमा एक सुन खानीमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको थियो ।