आज महाशिवरात्री, पशुपतिलगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड



काठमाडौं । आज महाशिवरात्री अर्थात भगवान महादेवको पूजा आराधनाको विशेष दिन हो ।

सोही अनुसार महाशिवरात्रीका लागी पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा भिडभाड रहेको छ । विश्वकै सबैभन्दा ठूलो शिव मन्दिर पशुपतिनाथ मन्दिर पनि बिहान ३ बजेदेखि नै खुलेको थियो । पशुपतिसँगै देशभरका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको भीड रहेको जनाइएको छ ।

कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस पटक शिवरात्रीमा भीडभाड कम गर्ने कोसिस गरेको छ । तर, झण्डै ९ महिना बन्द भएर गत पुस १ गते देखि खोलिएको पशुपतिनाथको मन्दिरमा दशनार्थीको भीड देखिएको छ ।

बिहिबार बिहान ३ बजे देखि नै मन्दिरका चारै वटा ढोका खुलेका छन् भने भक्तजनहरूलाई मन्दिरमा प्रवेश गर्न तीन लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिए । महाशिवरात्रीका लागी देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् ।