काठमाडौं आईपुगे विप्लव, प्रधानमन्त्रीसँग बालुवाटारमै भेट्ने



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान नवलपुरको दलदलेमा बास बसेर प्रहरीको स्कर्टिङमा विप्लव दिउँसो साढे १२ बजेतिर काठमाडौं आईपुगेका हुन् ।

राष्ट्रिय सभा गृहमा आयोजना गर्न लागिएको कार्यक्रम पूर्व विप्लवले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसअघि विप्लव दलदलेस्थित सहिद फूलमाया सारु ‘रमा’को घरमा बास बसेर काठमाडौंतर्फ लागेका थिए । उनी सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै नवलपुरको देवचुली नगरपालिका वडा नं. १३ स्थित दलदलेबाट सार्वजनिक भएका थिए ।

महासचिव विप्लवले नवलपुरको दलदलेमा सहिद फूलमाया सारु ‘रमा’ को घरमा नै बास बसेर काठमाडौंतर्फ लागेको जनाइएको छ । नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए।