खर्चकै कारण उपचार गर्न समस्स्याभएपछि विशालले मागे आर्थिक सहयोग
भक्तपुर । सर्लाही मलंगवाका २१ वर्षीय विशाल यादव यतिबेला गम्भीर रोगसँग जुधिरहेका छन् ।
चौथो चरणको साइनोभायल सार्कोमाबाट पीडित यादव यतिबेला भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
क्यान्सरजस्तो प्राणघातक रोगको उपचारका क्रममा उनको आर्थिक अवस्था ज्यादै नाजुक भइसकेको छ । उनले सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोगको आग्रह गर्दै बैंकिङ विवरण पनि सार्वजनिक गरेका छन् ।
उज्जवल भविष्यको कल्पना गर्दै कलेज गर्ने वा कुनै काम गर्ने उमेरमा क्यान्सर जस्तो प्राणघातक रोगबाट पीडित हुनुपर्ने अवस्थाले उनी मात्र उनको सम्पूर्ण परिवार नै चिन्तित छ ।
लाउँ-लाउँ र खाउँ-खाउँ उमेरको छोरालाई चौथो चरणको क्यान्सरको उपचारका क्रममा भएको पैसा र आफन्तहरुसँग ऋण लिएर अहिलेसम्म उपचार गरिरहेका यादव परिवारलाई अब भने उपचार नै गर्न नसक्ने अवस्था आएकोले सामाजिक सञ्जालमार्फत केही सहृदयीहरुसँग सहयोग मागेको उनका एक आफन्तले जनाए ।
उनलाई सहयोग गर्न चाहाने दाताहरुले उनको सानिमा बैंकमा रहेको खातामा जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनका लागि बिरामी यादवसहित आाफन्तहरुले आग्रह गरेका छन् ।

