आईजीपी कार्कीको पहिलो निर्णयः वरिष्ठ सइसम्मलाई दिइने सहुलियत कर्जा वृद्धि
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ सइसम्मलाई सहुलियत कर्जा वृद्धि गर्ने निर्णय गरेका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गरेपछि कार्कीले आफ्नो पहिलो निर्णयअनुसार कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने व्यवस्था लागू गर्ने घोषणा गरेका हुन्।
यस कर्जामा ५ प्रतिशत ब्याजदर लाग्नेछ र तल्लो तहका प्रहरी कर्मचारीले पनि यस सुविधा प्राप्त गर्नेछन्।
प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार, कर्जा आकस्मिक अवस्थाका लागि अल्पकालीन सहुलियत कर्जा हो र यसका लागि चालू आर्थिक वर्षमा १० करोड रुपैयाँसम्म छुट्याउने योजना बनाइएको छ।
यो कर्जा शिक्षा, स्वास्थ्य र घरायसी समस्यामा पर्ने प्रहरी कर्मचारीलाई कार्यविधि अनुसार उपलब्ध गराइनेछ।
