यी १८ प्रहरी भए ‘बेपत्ता’, सातदिनभित्र सम्पर्कमा नआए जागिर चट् !

काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरू पटकपटक सूचना जारी हुँदा पनि सम्पर्कमा नआएका हुन्।

उनीहरूलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ।

सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *