मलेसियामा कोरोनाविरुद्धको खोप शुरू

क्वालालम्पुर – नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियामा पनि फाइजर बायोएनटेकले कम्पनीले उत्पादन कोरोनाविरूद्धको खोप शुरू भएको छ । खोप पहिलो डोज लगाउदै मलेसियाका प्रधानमन्त्री हियाद्दिन यासिनले सबैलाई कोरोनाविरूद्धको खोप लगाउन आह्वान गरेका छन् ।

यस्तै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरेका छन् । प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्रालयका निर्देशक डाक्टर नुर हिसाम अब्दुलाह तथा स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारीहरुले पनि खोपको पहिलो डोज लगाएका छन्।

मलेसियाले नेपालीसहित अन्य विदेशी श्रमिकहरुलाई कोरोनाविरुद्दको खोप निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ । यो खोप त्यहाँ अबैधानिक तरिकाले बसेकालाई पनि उपलब्ध हुनेछ ।

मलेसिया सरकारले आफ्नो सुरक्षा गरौँ, सबैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने मलेसियाका सरकारी अधिकारीले बताएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *