

पहाडका केही भूभागमा मेघगर्जनसहित पानी पर्न सक्ने

काठमाडाैं – पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार अबको ३ दिनसम्म वाग्मती, गण्डकी, प्रदेश-१ लगायत प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने र अरु ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।