

आज पाँच सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडाैं – शुक्रवार पनि सुनको भाउ घटेको छ ।
शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ ।
आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।