असई श्रेष्ठसहित यी १८ हुन् रसुवागढी बाढीमा बेपत्ता (नामसहित)
रसुवा । रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ।
मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बेपत्ता भएका तीन जना प्रहरी हुन्। उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।
बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।
त्यस्तै तीन जना गाडी चालक समेत छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्।
लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।
