कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम गरिएको छ । यसअघि आइतबार ओमरिकी डललको खरिदबिक्री सोही मूल्यमा भएको थिायो ।

सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ९१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले २३ पैसाले घटेको हो । यसअघि आइतबार एक युरो खरिदमूल्य १५० रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ९६ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।