सेन्ट्रल अफ्रिका रिपब्लिकमा फेरिए शान्ति सैनिक, गए मेजर कपिल कुमार फर्किए दिपेश राना 

काठमाडौं । सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।

युनाइटेड नेसन्स मल्टिडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाईजेसन मिसन इन द सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ हाई रिडीनेस प्रोटेक्सन बटालियनअन्तर्गत दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, सेनानी (मेजर) कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी (मेजर) दिपेश राना मगरको नेतृत्वमा फाल्गुण ११ गते नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *