सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा



जाजरकोट– जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि रु एक हजार ५००, तोरीको तेलका लागि रु ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि रु ५०० गरी रु दुई हजार ५०० का दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिए ।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा रु १४ लाख ६९ हजार विनियोजन गरेको गाउँपालिकाले ५८८ सुत्केरीलाई रकम वितरण गरेको आचार्यले जानकारी दिए । पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । थोरै भए पनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस् भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो । यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कावा अध्यक्ष आचार्यले जानकारी दिए ।

उनले गाँउपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

महोत्तरी– भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका/दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।

जिल्लाको सम्सी गाउँपालिका–७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । धुलाम्य भण्डार कक्षमा राखिएका २४ कम्प्युटर प्रयोगमा आउन सकेको छैन । ‘नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका हुन्’, विद्यालयका प्रधानाध्यापक महेश्वर राय भन्छन्, ‘तर शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा लाखौँ मूल्यका कम्प्युटर बिग्रँदैछन् ।’ विषय शिक्षकको प्रबन्धका लागि स्थानीय तह र जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ कार्यालयमा समस्या राखिए पनि समाधान भने नभएको प्रअ रायको भनाइ छ । शिक्षक प्रबन्ध नै नगरी कम्प्युटर विद्यालयलाई दिने सरकारी नीति नै दोषपूर्ण भएको सम्सीका शिक्षाविद् बताउँछन् ।

पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी पाठ्यपुस्तक फलाकेर झारा टार्ने काम मात्र भएको शिक्षक नै स्वीकार गर्छन् । सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् । तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन । विषयको महत्व नै अभ्यासमा रहेको हुँदा आफूहरु कम्प्युटर सिकाइबाट बञ्चित रहेको यहाँका विद्यार्थीको गुनासो छ ।

‘कम्प्युटर विद्यालयमा आउँदा ओहो अब संसारका अन्य विद्यार्थीजस्तै नयाँ प्रविधि सिक्न पाइने आसले रोमाञ्चित बन्यौँ’, कम्प्युटर आउँदाको आफ्ना सबैजसो साथीको खुशी व्यक्त गर्दै जनता मावि सम्सी–७ का कक्षा ८ की एक छात्राले भनिन्, ‘तर यी त हामीलाई सिकाउन होइनन, फोहरैफोहरको थुप्रो देखिने भण्डारण कक्षमा थन्क्याउन पो ल्याइएका रहेछन् ।’

सम्सी गाउँपालिकाका कुनै विद्यालयमा व्यवस्थापन समिति बन्न सकेको छैन । गाउँपालिकाले शिक्षामा बजेट नछुट्याउँदा अवसरबाट बञ्चित रहँदै आएका यहाँका गरिबका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका सम्सी गाउँकै बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता मोहम्मद इम्तियाज अहमदको भनाइ छ ।

सम्सीजस्तै जिल्लाकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा चार वर्षदेखि कम्प्युटर भण्डारण कक्षमा थन्किएका छन् । कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउने शिक्षक नहुँदा विद्यालयलाई प्राप्त लाखौँ मूल्यका यी सामग्री बिग्रँदै गएका प्रधानाध्यापक श्रीराम यादव बताउँछन् । यसैगरी जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा विसं २०७५ मै तत्कालीन शिक्षा, वि