

‘तर्साउनका लागि घाँटीमै गोली हान्नु पर्थ्यो र?’

सम्माननीय प्रधानमन्त्री ज्यू !
नमस्कार !
हुन त मरेको हात्तीको चिठी हुन्छ र ? भन्नु होला, तर बिनाकारण, अनाहकमा गोली खानुपर्दा कस्तो हुँदोरहेछ, त्यसैको अनुभव सुनाउन २/४ वाक्य लेख्न गइरहेको छु ।
म, तपाईंका मातहतमा रहेका कर्मचारीले तर्साउनका घाँटीमा गोली हान्दा मारिएको ‘मकुना’ । मेरो बासस्थान जंगलमै हो भन्ने कुरा हजुरलाई मात्र होइन मलाई पनि राम्रोसँग थाहा छ । मलाई मानववस्तीमा जानुहुँदैन भन्ने कुरा थाहा नभएको होइन, तर जंगलको नजिक नजिक मानववस्ती आउन थालेपछि हामी कहाँ जाने ? त्यसको उत्तर मैले गोली खाएर नढलुञ्जेल पाउन सकिनँ ।
अस्ति बुधबार म कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा खानाकै खोजीमा गएको थिएँ । त्यहीँ तपाईंका तर्फका सरकारी सेनाहरु गोलीगठ्ठासहित मेरै बर्गका साथीहरु लिएर आएका रहेछन् । त्यसक्रममा उनीहरुले धपाउन खोजेका थिए । मैले म जाने बाटो छेकिएकोले जाने प्रयास गर्दा राम्रोसँग नसमाई बसेका उनीहरुका एकजना खसेछन्, मैले म जंगलतिर लाग्ने बाटो खोज्दै थिएँ, ती व्यक्ति खसेपछि उनीहरुले मलाई भने अन्धाधुन्ध गोली हान्न थाले ।
हुन त, तपाईंका सेनाहरुले बेलाबखत जंगलमा बँदेल, मृग, दुम्सी, कालीज, खरायो जस्ता साना जनावरहरुलाई गोली हानेको नदेखेको त होइन । तर, हामी जस्तो ठूलो जनावरलाई त हान्दैनन् होला भनेको, अफशोच, जे नहोस् भनेको त्यही भयो, अनि त्यसको शिकार म भएँ ।
सुन्छु अहिले उनीहरुले मलाई तर्साउन भनि गोली चलाएको भनेका छन् रे, तर्साउनका लागि घाँटीमै गोली हान्नुपर्थ्यो र ? उनीहरु मलाई देखेपछि मेरो बाटो नछेकी मलाई जंगल जान दिएको भए के नै हुने थियो । म विगत ४/५ महिनादेखि यही क्षेत्रमा बसेर जीवन बाँच्दै आएको थिएँ, न मैले कसैलाई हानी पुर्याएको थिएँ, न त कसैको ज्यान नै लिएको थिएँ । म तपाईंहरुले नै तोकिएको निकुञ्जमा तपाईंहरुकै सेनाको गोली खाएर मर्नुपर्ने बाध्यता किन आइलाग्यो प्रधानमन्त्री ज्यू ?
पाँच/पाँच हात्तीमा आएर मलाई घेरा हाल्नुभन्दा एकतिर बाटो खाली गरिदिएको भए म अवश्य पनि जंगल जाने नै थिएँ । मलाई तर्साउनका लागि गोली नै हान्नुपर्ने थिएन हजुर । त्यसैमाथि घाँटीमै हान्नु चाहिँ किन हो ? हो म तपाईंहरुले पालेका हात्तीको नजिक हुन चहान्थें किनभने मेरो बैंस, जवानी पोख्न चहान्थें, तर त्यसको बदलामा मेरो ज्यान नै लिने कसुर त गरेको थिइँन नि ? म त्यहीमाथि दाह्रा समेत नउम्रिएको ‘मकुना’ । मैले त्यस्तो विनाश के नै गर्थें होला र ?
तपाईंहरुले हामी जंगलमा रमाउनेहरुलाई तपाईंहरुसँग राख्न थाल्नु भयो, त्यसैले हामी जंगलमा बस्नेहरु कहिलेकाहिँ तपाईंको बस्तीतिर आउँदा गोली नै हान्नु पर्दैनथ्यो होला नि ?
हुन त, तपाईंका सेनाहरुले बेलाबखत जंगलमा बँदेल, मृग, दुम्सी, कालीज, खरायो जस्ता साना जनावरहरुलाई गोली हानेको नदेखेको त होइन । तर, हामी जस्तो ठूलो जनावरलाई त हान्दैनन् होला भनेको, अफशोच, जे नहोस् भनेको त्यही भयो, अनि त्यसको शिकार म भएँ ।
मेरो त ज्यान लिए उनीहरुले । मैले बिलौना गरेर त हुँदैन, यही जंगलमा कति बँदेल, मृग, दुम्सी, कालीज, खरायो मारिएको मैले नदेखेको होइन, तर आफैं परें त्यसको दल्दलमा । अबका दिनमा तपाईंका सेनाहरुलाई जंगल पठाउनुभन्दा पहिला जंगलमा पहिलो अधिकार जनावरको हो भन्ने कुरा सिकाउन नबिर्सनु होला, जनावरहरु घरमा भन्दा जंगलमा रमाउँछन् भन्ने कुरा नबिर्सनु होला । हामीलाई प्राकृतिक वातावरण नै प्रिय लाग्छ, त्यसैले हामीलाई प्रकृतिमै रम्न दिनुहोला ।
कहिलेकाहिँ हजुरले नै न्वारान गरिदिनुभएका ‘गैंडाज्’ हरु पनि मारिएको देख्थें, तिनीहरु मार्नेलाई पनि केही कारबाही गरिदिनुभएमा अझै मेरो आत्माले शान्ति पाउँथ्यो कि ? अन्त्यमा मलाई तर्साउने क्रममा हात्तीबाट खसेका श्याम तामाङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अबका दिनमा म जस्तै अन्य जनावरहरुले तर्साउने नाममा घाँटीमा तातो गोली खान नपरोस् । अनि बँदेल, बँदेल, मृग, दुम्सी, कालीज, खरायो जस्ता साना जनावरहरुले त झन् गोली खान पर्दै नपरोस् । हुन त मैले भनेर हुने त होइन, तर पनि तपाईंको सेनाको गोली खाएर खाडलमा पुरिनुभन्दा अगाडि मेरा मनमा उठेका मनोभावना… ! हुन त, मेरा गन्थन पढ्ने फुर्सद हजुरलाई पक्कै पनि छैन… त्यही पनि अन्य कसैले पढेर सुनाइनुदिनुभयो भने धन्य हुने थिएँ ।
हजुर पछिल्ला दिनमा धेरै नै व्यस्त हुनुहुन्छ, संसद चलेको छ, मिस पवि र अंशु बर्माहरू हजुरलाई टिकटक बन्द नगरिदिनुस् भन्न पुग्नुभएको छ क्यारे, उहाँहरुकै लागि भए पनि हजुर प्रधानमन्त्री हुनुभएको बेला टिकटक बन्द नगरिदिनुस्… खेलाडीहरूका लागि पनि हजुरले चालेका कदम अत्यन्त सराहनीय छन्, त्यसका लागि मनैदेखि धन्यवाद दिन्छु ।
अब, अन्तिममा एक माग छ हजुरसँग, ‘हामी जंगली जनावरका लागि सुरक्षित बाँच्न पाउने आभास गराइदिनुस् ।’
कहिलेकाहिँ हजुरले नै न्वारान गरिदिनुभएका ‘गैंडाज्’ हरु पनि मारिएको देख्थें, तिनीहरु मार्नेलाई पनि केही कारबाही गरिदिनुभएमा अझै मेरो आत्माले शान्ति पाउँथ्यो कि ? अन्त्यमा मलाई तर्साउने क्रममा हात्तीबाट खसेका श्याम तामाङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
उही मकुना
चितवन
(हाम्रा आम पाठकहरुको मनमा रहेको सुख, खुशी, दुःख, पीडा, भावना साट्नका लागि छुट्याइएको यस कोलमका लागि हजुरहरुले पनि लेखेर हाम्रो इमेल news.nabanepal@gmail.com मा पठाउन सक्नुहुनेछ, हजुरहरुको इच्छा बमोजिम नाम सार्वजनिक गर्ने/नगर्ने गरिनेछ । यो लेख पनि यही कोलमका लागि प्राप्त भएको सामाग्री रहेकाे जनाउँदै सान्दर्भिक लागेकोले प्रकाशित गरिएको छ । सं.)