पोखराको भूमिगत विद्युतीकरण यथाशीघ्र सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन



काठमाडौं । ऊर्जा, मन्त्री दीपक खड्काले पोखरामा भईरहेको विद्युत प्रसारण भूमिगत गराउने कार्यको अवलोकन तथा अनुगमन गर्दै यथाशीघ्र काम सम्पन्न गर्नका लागि निर्देशन दिएका छन् ।

एक विशेष कार्यक्रमका लागि पोखरा पुगेका मन्त्री खड्काले पोखराका सडक किनारमा रहेका तारहरुलाई व्यस्थित गरी भूमिगत गर्ने कार्यस्थलमै गएर निर्माण कार्यमा खटिएका कामदारका साथै निर्माण कम्पनीलाई आवश्यक निर्देशन दिएका हुन् ।

उक्त अवसरमा मन्त्री खड्काले भूमिगत गरिँदा सहरको सौन्दर्य बढ्नुका साथै आम जनताले सुरक्षाको प्रत्याभूति पनि प्राप्त गर्ने जनाउँदै आवश्यक निकायसँगको समयन्वयमा यथाशीघ्र काम सम्पन्न गर्न जोड दिए । साथै मन्त्री खड्काले पर्यटकीय नगरीमा भइरहेको यस कार्यलाई जतिसक्दो छिटो सकाउनुपर्नेमा मन्त्रालयको चासो रहेको समेत उक्त अवसरमा बताएका थिए ।