१०० श्ययाको अस्पतालका लागि २८ रोपनी जग्गादान

कुमालखाँडा – दैलेखमा स्थानियबासीले अस्पतालका लागि २८ रोपनी जग्गादान गरेका छन् । १०० श्ययाको अस्पतालका लागि आठबिस नगरपालिका–३ कुमालखाँडावासीले २८ रोपनी जग्गादान गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्तरुपमा व्यवस्थापन हुने १०० श्ययाको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयवासीले २८ रोपनी जग्गादान गरेका हुन् ।

ट्रमा सेवासहितको अस्पतालका लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकामा २८ रोपनी निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिए ।

निर्देशकका अनुसार राकम कर्णालीमा अस्पताल निर्माणार्थ डिपिआर तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालू आवमा रु एक करोड बढी बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं २०७६ फागुन १० गते सम्झौता भएको थियो ।

राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकाले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका जनताले लिने सो नगरपालिकाका गगन कार्कीले जानकारी दिए। कार्कीले अस्पतालका लागि अब १३ रोपनी एकजना व्यक्तिले निःशुल्क दिने कागज गरिसकेको तर उक्त जग्गा नापी जाँदा छुट भई सम्बन्धित व्यक्तिको नाम नआएकाले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास गरिने बताए ।

अस्पताल निर्माण हुँदै गरेको राकम कर्णालीलाई पछिल्लो समयमा नयाँ शहरका रुपमा विकास गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *