त्रिदेशीय महिला टी–२०ः आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल



काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

त्यस्तै हिजो थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो । थाइल्याण्डले अस्ति भएको खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।

त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।