नेपाली सेनाको ब्रिगेडियर जर्नेलमा २ जना बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल)मा दुई जनालाई बढुवा गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बरियताक्रम अनुसार महासेनानी दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा सिफारिस समितिले ७ दिने सूचना गत मंसिर अन्तिम साता नै प्रकासित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *