नेपाली सेनाका २ सिपाहीसहित दोलखामा ७ जना सम्पर्कबिहीन



दोलखा । दोलखामा निर्माणाधीन तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत चारजना सम्पर्कबिहीन बनेका छन् ।

तामाकोशी विद्युत केन्द्रमा कार्यरत २ कर्मचारी र २ नेपाली सेना गरी चार जना सम्पर्कविहिन भएको दोलखा प्रहरीले जनाएको छ ।

त्यस्तै खिम्ती जलविद्युत आयोजनाको किर्नेटारमा तामाकोशीले कटान बढाएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

दोलखाकै भिमेश्वर नगरपालिका–६ सिमपानी नजिकै राम बहादुर भुजेलको घर भत्कँदा ३ जना वेपत्ता बनेका छन् ।