मणिग्रामका पराजुलीले गुमाए अमेरिकामा ज्यान, एक युवती गम्भीर घाइते



अमेरिका । अमेरिकाको टर्नर फल्समा डुबेर एक जना नेपाली युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन् ।

अमेरिकाको ओक्लोहामास्थित टर्नर फल्समा पौडी खेल्ने क्रममा रुपन्देहीको मणिग्रामका एक युवकको मृत्यु भएको छ भने झापाकी एक युवती गम्भीर घाइते भएकी छिन् ।

घटनामा परी मणिग्रामका कोशल पराजुलीको घटनास्थलमै निधन भएको जनाइएको छ भने झापाकी सुरक्षा घिमिरेको गम्भीर रुपमा टेक्सोमा मेडिकल सेन्टरको आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।

डालासमा बस्दै आएका पराजुलीको दाहसंस्कार परिवारसँगको समन्वय गरिने जनाइएको छ । उनीहरु डालासबाट ओक्लोहामा जाने क्रममा पौडी खेल्दा उक्त घटना घटेको जनाइएको छ ।