आजको राशिः वृषको बोलीको प्रभाव बढ्दा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल असार १६ गते आइबार तदनुसार सन् २०२४ जुन ३० तारिख। असार कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजका निर्णय दीर्घकालीन हुनेछन्। शेयर कारोबारमा फाइदा हुनेछ। न्यायपूर्वक गरेको लगानीमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीको प्रभाव राम्रो रहनेछ। विश्वास गरेका पात्रबाट धोका हुनसक्छ। राजनीतिमा तनाव हुनसक्छ। श्रमको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मिथुन : मन शान्त हुनेछ। नयाँ ठाउँको यात्राले तपाईंको समय लिनसक्छ। राजनीतिमा अवसर प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद हुनसक्छ।

कर्कट : मनमा चिन्ता र झन्झट बढ्नेछ। मन अशान्त हुँदा दिन असहज बन्नेछ। कुनै काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुन्छ। परिवारमा भने मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। दिन भने संघर्षपूर्ण छ।

सिंह : समय रमाइलो छ। साथीसँग भेटघाट बढ्नेछ। न्याय क्षेत्रमा आफ्नो पक्षमा फैसला हुनेछ। परीक्षामा राम्रो अंक प्राप्त गर्न सक्ने योग छ। वैदेशिक लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा बढी विश्वास गर्नाले धोका हुनसक्छ।

कन्या : निर्णय क्षमता कमजोर बन्नेछ। प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ। शिक्षा क्षेत्रमा प्रगति नहुनसक्छ। आफूले बनाएको संगठनबाट अरुले लाभ लिने जोखिम देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रको लगानीले राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : नयाँनयाँ अवसर प्राप्त हुनेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। बौद्धिक मानिसको संगतले धर्ममा झुकाव बढ्नेछ। नजिकका साथी शान्त भएकाले समय सदुपयोग गर्नु राम्रो हुनेछ।

वृश्चिक : मन शान्त बन्नेछ। नयाँ नयाँ योजनामा लगानी गर्दा फाइदा हुनेछ। शुभचिन्तकलेसमेत तपाईंप्रति अपेक्षा गरेका छन्। सबैलाई सम्मान गर्नु फाइदाजनक हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।

धनु : पुरानो साथीको सम्झना बढ्नेछ। पुरानो ठाउँको यादले सताउने हुनसक्छ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। बोलीको प्रभावले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मकर : विद्या र बुद्धिको विकास एकसाथ हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। प्राविधिक क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त नहुनसक्छ। समाजमा तपाईंको भनाइको विरोध हुनसक्छ।

कुम्भ : शुभ ग्रहको राम्रो संयोग छ। लगानीका अवसर धेरै छन्। जन्मकुण्डलीमा शनिदेवको बासलाई हेरेर अगाडि बढ्नु राम्रो हुन्छ। साथी र परिवार आफू अनुकुल रहेकाले दिन सहज बन्नेछ।

मीन : साहित्य र संगीतमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर होला। बिहान धार्मिक कार्यमा सहभागी भएमा धेरै समस्याको समाधन हुन्छ। निर्णय गर्दा सोचेर अगाडि बढ्नुपर्ने दिन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *