भारतमा बस दर्घटनाः ज्यान गुमाउनेको संख्या पुग्यो २५



नयाँदिल्ली – भारतको मध्यप्रदेशस्थित बाणसागर नहरमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । बसमा ५४ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सात जनाको जीवितै उद्दार गरिएको छ भने २५ जनाको शव निकालिएको छ । नहरमा बेपत्ता भएका २२ जनाको खोजी भइरहेको छ । मंगलबार बिहान साढे सात बजे उक्त दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सिधी मार्गबाट छुहिया उपत्यका हुँदै उक्त बस सतना भन्ने स्थान जाँदै थियो । सडकमा ट्राफिक जाम भएपछि चालकले रुट परिवर्तन गरी नहरको किनारबाट बस चलाउने क्रममा दुर्घटना भएको हो । एजेन्सी