प्रदेश १ को वार्षिकोत्सवमा प्रचण्ड–नेपाल पक्षको बहिस्कार



विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड–नेपाल पक्षले बहिष्कार गरेको छ।

मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्।

यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक–पटक बोलाइए पनि उनी अनुपस्थित रहे।

कार्यक्रममा प्रदेश सरकारले २२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।