बझाङमा एमालेका भण्डारी विजयी, कांग्रेसका सिंह २६७ मतले पराजित

बझाङ । बझाङ प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

भण्डारीले ११६१३ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे।

नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *