सेनाका ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह



काठमाडौं । नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनीहरुलाई उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

हवाई, प्राविधिक र विविध सेवा अन्तरगत नवनियुक्त ५६ जना उपसेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ ।

सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।