मेयरका ड्राइभरले कुटे दुई प्रहरी, एउटाको हात भाँचियो, अर्काको छातीमा चोट



दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरका ड्राइभरले प्रहरीमाथि हातपात गरेका छन् ।

शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका चालक सुरेश बिष्टले प्रहरीमाथि हातपात गरेका हुन्।

ड्राइभरले प्रहरीमाथि हातपात गर्दा दुई जना प्रहरी घाइते भएका छन्। बिष्ट हिजो गोकुलेश्वर मेलामा प्रहरीमाथि जाइ लागेका थिए ।

घाइते हुनेमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा रहेका छन्।

बिष्ट मंगलबार गोकुलेको मेलामा प्रहरीमाथि जाइ लागेको दार्चुला प्रहरीले जनाएको छ ।

बिष्टकै कुटाइबाट हवल्दार बिकको छातीमा चोट लागेको छ भने प्रहरी जवान बोहराको हात भाँचिएको छ ।

प्रहरी कुट्ने बिष्टलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याएको छ।