नयाँ १४ मन्त्रीले सपथ लिँदै



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिपरिषदमा सामेल थप १४ जना मन्त्रीले सपथ लिने भएका छन् ।

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।

प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

जसका लागि राष्ट्रपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिएका थिए।