चुक्यो नेपाल, नेदरल्याण्ड्स बन्यो च्याम्पियन



काठमाडौं।  त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नजिक पुगेर नेपाल चुकेको छ भने नेदरल्यान्ड्स च्याम्पियन बनेको छ । त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनाएर पूरा गर्यो ।

सुरुका २ खेलमा पराजित भएको नेपालले अन्तिमका दुवै खेल जित्दै फाइनल प्रवेश गरेको थियो ।