प्रहरी प्राविधिकतर्फ हवल्दारदेखि एसएसपीसम्मको बढुवा प्रकाशित (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नेपाल प्रहरीको प्राविधिक तर्फको बढुवा सूची प्रकाशित गरेको छ ।

बढुवा समितिका अनुसार प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक पद (एसएसपी) को बढुवा सूची प्रकाशित गरिएको छ ।

सूचीअनुसार नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत नर्सिङतर्फकी एसपी उमा ज्ञवाली एसएसपीमा बढुवा सिफारिस भएकी छिन् ।

त्यस्तै प्राविधिक तर्फकै संगीत, इन्जिनियरिङ, सूचना प्रविधि, हातहतियार, प्यारामेडिक्स उपसमूहतर्फको बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी बरिष्ठ हवल्दार र हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।

सूचीः

एसएसपी बढुवा

बरिष्ठ सई, सई र असई बढुवा

बरिष्ठ हवल्दार र हवल्दार बढुवा सूचीः