प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा डिएसपीसहित ५ घाइते



काठमाडौं । बबरमहलमा प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा काठमाडौं जिल्ला परिसरका डिएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएका छन् ।

साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको थियो ।

अहिले दुर्घटनामा घाइते प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।