डिएसपी गोविन्द पन्थीले पाए अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं ।  उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थीलाई KIN INDIA ले INTERNATIONAL Investigative AWARD (अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड) पाएका छन् । डीएसपी पन्थीलाई मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले उत्कृष्ट कार्य गरेबापत उक्त अवार्डले सम्मानित गरेको हो ।

डीएसपी पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका थिए । सन् २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई KIN INDIA ले छनोट गरेको थियो।

उक्त अवार्ड लिन संस्थाले उनलाई भारतको दिल्लीस्थित नेपाली राजतुताबासमा आयोजित कार्यक्रममा आमन्त्रण गरेकोमा उनी जान असमर्थ भएकोमा संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराई सहितको टोलिले उनलाई उपत्यका अपराध अनुसंधान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको उपस्तिथिमा अवार्ड पन्थीलाई हस्तान्तरण गरेको हो।

डीएसपी पन्थी अहिले उक्त कार्यालयको पिलर ८ वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाहीको जिम्मेवारीमा छन्।