यू-विश्वकपमा आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ।

प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ।

खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो।

सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो।

२०१७  यू-१९ एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।

अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित गरे भारत उपाधिनजिक पुग्नेछ। दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *