जब ८० वर्षीय राइसिंहले ७० वर्षीया विन्दुको सिउँदो रंगाइदिए…
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका-६ मज्जेका ८० वर्षीय राइसिंह धामी र ७० वर्षीया बिन्दु धामीबीच शुक्रबार धुमधामसँग विवाह भएको छ ।
पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसँग विवाह गरेका हुन् । छोराछोरी, नाती, पनातीहरूले उनीहरूको विवाह गराइदिएका हुन् ।
दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिउँदोमा सिन्दुर र घाँटीमा पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै विधि पूरा गरेर घरभित्र साँस्कृतिक परम्परासहित विवाह गरेको बताइएको छ।
धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरी ३१ जना सदस्य रहेको राइसिंह नाती भगतसिंह धामीले बताएका छन् ।
दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।