सन्दीप राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

जिल्ला अदालत काठमाडाैंले सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी ८ वर्ष कैद सजाय निर्धारण भएको हुनाले आदालतको आदेशको आदेश मान्दै नेपाल क्रिकेट संघ क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो।

बुधबार बसेको न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको छ।

यस फैसलासँगै सन्दीप पक्ष पुनरावेदनका लागि उच्च अदालत जाने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *