शेर्का जिप दुर्घटना अपडेटः मृतक दुवै डेढगाउँका, यी हुन् मृतक र घाइते हुनेहरु (नामसहित)

तनहुँ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ ।

पोखरा बाट भिमाद,डेढगाउँ हुँदै रामपुर जाँदै गरेको ग १ ज  ६३५६ न को जिप तनहुँको भिमाद–डेढगाउँ सडकअन्तर्गतको शेर्का घुम्तीमा भएको दुर्घटनामा रहेका १२ जनामध्ये २ जनाको मृत्यु भएको हो भने अन्य घाइते छन ।

मृत्यु हुनेमा नवलपुर जिल्लाको बौंदीकाली वडा नं. २ डेढगाउँका ५५ वर्षीय जेमलाल दराई र सोही ठाउँका ४५ वर्षीय रुम बहादुर विक रहेको जनाइएको छ ।

त्यस्तै घाइते हुनेमा बौदीकाली— २, डेढगाउ बस्ने .४० वर्षीय हरि प्रसाद ओझा, स्याङ्जा चापाकोट न.पा –७  का ४६ वर्षीय दिनानाथ कण्डेल, तनहुँको घिरिङ–४ का ५० वर्षीय टेखे थापा, पाल्पाको निस्दी गाउँपालिकाकी २७ वर्षीया पूजा सारु, सोही गाउँपालिकाका ज्ञानबहादुर रानामगर, तनहुँ भिमाद नगरपालिका३ का दण्डपाणि रिजाल रहेका छन् । त्यसका साथै अन्य ३ जनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *