बौंदीकालीको डेढगाउँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते



नवलपुर । नवलपुरको बौंदीकालीको डेढगाउँस्थित कालिगण्डकी कोरिडोरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको डेढगाउँबाट कावासोतीतर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको सडक छेउको पोलमा ठोक्किँदा भएको दुर्घटनामा परी बौदिकाली वडा–३ रकुवाका ५५ वर्षीय रन बहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सोही ठाउँका ५१ वर्षीय खिम बहादुर ठाडा मगर गम्भीर घाइते भएका छन् ।

दुर्घटनाबाट घाइते भएका दुबैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा मोटरसाइकलको पछाडि बस्ने स्माइली मगरको उपचाको क्रममा मृत्यु भएको जनाइएको छ ।

गम्भीर घाइतेको ठाडा मगरलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको छ ।