प्रहरीका यी २१ कर्मचारीलाई हेडक्वाटर्रको निर्देशन, ‘७ दिनभित्र कार्यालयमा हाजिर हुनु’



काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको बुधबार जारी सुचनामा उल्लेख छ ।

अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।