उपसचिव गैरे, जस्ले सिंहदरबारभित्रै कुटे महिला शाखा अधिकृत…



काठमाडौं । संघीय संसद सचिवालयका एक महिला कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन्। संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेका हुन्।

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयलाई लिएर अधिकृत तण्डुकारलाई झापड हानेका एक कर्मचारीले बताए।

उपसचिव गैरेले मंगलबार बिहान करिब पौने ११ बजेतिर कार्यस्थलमै रहेकी अधिकृत तण्डुकारलाई ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ एक झापड हानेर बाहिर निस्किएको जनाइएको छ ।

आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्। स्रोतका अनुसार यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको जनाइएको छ । घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गर्दा हातपात भएको देखिएको मेडिकल रिपोर्टमा उल्लेख गरिएको ती कर्मचारीले बताए।

ढिलो गरि बाहिरिएको घटना भने मंगलबारको रहेको जनाइएको छ ।