सशस्त्र जवान चाैधरी बिदामा रहेका बेला जंगलमै मृत भेटिए



दाङ । दाङको जंगलमा मृतास्थामा भेटिएका व्यक्ति सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ।

जंगलमा भेटिएको शव घोराही उपमहानगरपालिका–७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको रहेको र उनी सशस्त्र प्रहरी जवान रहेको जनाइएको छ ।

कपिलवस्तुमा कार्यरत चौधरी कात्तिक २१ गते घर बिदामा आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लले बताए।

बुधबार बिहान स्थानीय महिलासँग जंगलमा मालुको पात टिप्न गएका बखत उनको रूखबाट लडेर मृत्यु भएको भनिएता पनि उनको छातीमा बन्दुकको छर्रा लागेजस्तो घाउहरू रहेको प्रहरीले बताएको छ।

पोष्टमार्टम रिपोर्टपछि घटनाबारे विस्तृत थाहा हुने प्रहरीले जनाएको छ ।